हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ७ जना घाइते भएका छन्। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा राति १० बजे दुर्घटना भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका १ वर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही, नाम्खा गाउँपालिका वडा नम्बर १ की झुमझुम लामा र सिमकोट बजार बस्ने बाजुराका कवि सिंह छन्।
घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चासहित ५ जनाको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जनाएको छ।
जिप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।