बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता

सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता

सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता भएको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं। सन‍्‍राइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियत कर्जाबारे सम्झौता भएको छ। 

समझदारीपत्रमा सन‍्‍राइज बैंकका तर्फबाट विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दीपक पण्डित तथा सानीभेरी गाउँपालिकाका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरे।

सम्झौतापछि अब गाउँपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (संशोधनसमेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ।

साथै तालिम प्राप्त कृषकहरूको सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ।

प्रकाशित: Dec 04, 2020| 14:58 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्