बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीकाे निर्देशन

आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडाैं। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरूत्थानका कार्यक्रमहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 

आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। 

उनले आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए। 

उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिएका छन्। 

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरूको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न पनि निर्देशन दिए। 

खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिएका छन्। 

बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट एवं कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरू र महालेखा नियन्त्रक, अर्थ मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: Dec 04, 2020| 14:01 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।