बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष (इमर्जेन्सी ब्लक) निर्माण गरिने भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

पोखरा- गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष (इमर्जेन्सी ब्लक) निर्माण गरिने भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ शय्याको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० शय्याको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि ९ करोड रूपैयाँ बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया सुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए।

भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ।

अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुने बताइन्छ। ‘हालको इमर्जेन्सी ब्लक इमर्जेन्सी डेडिकेटेड छैन, ठाउँसमेत साँघुरो छ’, निर्देशक आचार्यले भने, ‘इमर्जेन्सी ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला, फार्मेसीसहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गछौँ।’

अस्पतालले चार तलाको इमर्जेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौथो तलामा हेलिप्याडको अवधारणा छ। पहिलो चरणमा भने एक तला मात्र हुनेछ। अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

गण्डकी प्रदेशको ‘कोभिड डेडिकेटेड अस्पताल’ समेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ शय्याको आईसीयू क्षमतालाई विस्तार गरी २५ शय्या बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन्। अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २०० जनाले आकस्मिक उपचार सेवा लिने गरिएको अस्पतालले जनाएको छ। रासस

प्रकाशित: Dec 04, 2020| 13:26 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।