बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने प्रस्ताव खारेज गर: सीए संघ

छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने प्रस्ताव खारेज गर: सीए संघ

सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने तयारी थालिएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्टस् (सीए) संघले आपत्ति जनाएको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने तयारी थालिएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्टस् (सीए) संघले आपत्ति जनाएको छ। 

स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरूको गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आउने गरी विशेष छुट दिन नहुने संघको भनाइ छ। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को परिषद्द्वारा गठित ‘रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषद्मा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे। 

संघले प्रतिवेदनका विवादास्पद सिफारिसप्रति असहमति प्रकट गर्दै ती विषयहरू खारेज गर्न पनि माग गरेको छ। 

चार्टर्ड एकाउन्टेन्सी शिक्षाका अन्तर्राष्ट्रिय मापदण्ड, प्रणाली र परम्पराविपरीत हुने गरी प्रतिवेदनमार्फत् प्रस्ताव गरिएका विषयवस्तुमा संघले चार्टर्ड एकाउन्टेन्सी शिक्षाका सरोकारवालासँग छलफल गरिरहेको महासचिव तेजप्रसाद सुवेदीले बताए। 

‘कुनै पनि शिक्षामा सहज र छोटो तर अपूर्ण बाटो अपनाउँदा त्यसमार्फत् दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,’ उनले भने, ‘त्यो जनशक्तिले अपेक्षित परिणाम दिन पनि सक्दैन।’

रजिस्टर्ड अडिटरहरूको क्षमता अभिवृद्धि हुनुपर्छ भन्नेमा संघको आपत्ति नरहेको भन्दै सुवेदीले वैज्ञानिक र समय सान्दर्भिक सुझावविपरीत कदम चालिए संघर्षमा उत्रिने बताएका छन्। 

साथै लेखा व्यवसायमा दूरगामी असर पार्ने नीतिगत निर्णय गर्दा सरोकारवालासँग आवश्यक छलफल र परामर्श गर्न पनि संघले आग्रह गरेको छ।

प्रकाशित: Dec 04, 2020| 12:46 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।