बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहले मातहतका निकायमा कामकारबाहीको अनुगमन तीव्र बनाउने

गृहले मातहतका निकायमा कामकारबाहीको अनुगमन तीव्र बनाउने

गृह मन्त्रालयले मातहत निकायको कामकारबाहीको अनुगमनलाई तीव्र बनाउने भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- गृह मन्त्रालयले मातहत निकायको कामकारबाहीको अनुगमनलाई तीव्र बनाउने भएको छ।

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय मातहतका निकायको कामकारबाहीको अनुगमनलाई अब तीव्रता दिइने बताएका हुन्।

गृह मन्त्रालयमा आर्थिक वर्ष ०७७/७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै उनले उक्त जानकारी दिएका हुन्।

‘अब मातहतका कामकारबाहीको अनुगमन तीव्र पारिन्छ, अनुगमन गर्नु भनेको पनि एक प्रकारले काम गर्न सहयोग गर्नु हो,’ उनले भने।

गृह मन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवहरुको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोलीसमेत गठन गरेको छ।

कार्यक्रममा गृहमन्त्रीले कोरोना लगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धी नदेखिएको भन्दै आगामी दिनमा कामकारबाहीलाई तीव्रता दिन निर्देशन दिए।

‘कतिपय कामका लागि छुट्टयाइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो,’ उनले भने, ‘प्रथम चौमासिकको समीक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमीकमजोरी निराकरण गर्दै योजना बनाउनुहोस्।’

गृहमन्त्री थापाले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप योजना बनाउन मातहतका निकायलाई निर्देशन पनि दिए। 

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्यप्रगति विवरण पेश गरेका थिए।
 

प्रकाशित: Dec 04, 2020| 12:00 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।