बिहीबार, भदौ २५, २०८३

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बारामा एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बारामा एक जनालाई पक्राउ गरेको छ।

पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको हो। 

पक्राउ पर्नेमा सिम्रौनगढ गनरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन्। 

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

उनको साथमा रहेको मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रकाशित: Dec 04, 2020| 11:51 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।