बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा २९४ जना कोरोना संक्रमित डिस्चार्ज, १३५ थपिए

प्रदेश १ मा २९४ जना कोरोना संक्रमित डिस्चार्ज, १३५ थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा २९३ जना होम आइसोलेसन र १ जना विराट मेडिकल कलेजबाट छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ। 

प्रदेश १ मा शुक्रबार १३५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ। प्रदेश १ मा शुक्रबार ६७२ जनाको पीसीआर परीक्षण गरिएको छ। 

परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 04, 2020| 10:18 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।