बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको कार्यशैलीले कम्युनिष्ट भन्न पनि गाह्रो भयो : नेता न्यौपाने

नेकपाको कार्यशैलीले कम्युनिष्ट भन्न पनि गाह्रो भयो : नेता न्यौपाने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेले नेकपाको कार्यशैलीका कारण कम्युनिष्ट भन्न पनि गाह्रो हुन थालेको बताएका छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेले नेकपाको कार्यशैलीका कारण कम्युनिष्ट भन्न पनि गाह्रो हुन थालेको बताएका छन्।

उनले नेकपा नेतृत्वको सरकारको बेथिति, गैर वामपन्थी चरित्र र कार्यशैलीक कारण सार्वजनिक ठाउँमा आफूलाई कम्युनिष्ट हुँ भन्न गाह्रो हुन थालेका बताए।

नेकपा अध्यक्ष केपी शर्मा ओली इतरपक्षले काठमाडौंमा आयोजना गरेको विद्यार्थी भेलामा नेता न्यौपानेले नेकपाको यो कार्यशैलीले समाजवादमा पुग्न नसकिनेसमेत स्पष्ट पारेका छन्।

उनले भने, ‘आजको हाम्रो बहस र नेकपा जहाँ अहिले छ यो अवस्थाले कहिले समाजवादको लक्ष्य हासिल गर्न सक्दैन। त्यसैले निर्मम रुपले बहस छलफल अब अघि बढ्नु आवश्यक छ।’

पूर्व विद्यार्थी नेतासमेत रहेका न्यौपानेले विद्यार्थीहरुले पनि पार्टीभित्रको बहसलाई गम्भीरतापूर्वक अगाडि बढाएर लैजान सक्नुपर्ने धारणा राखे। उनले भने, ‘अन्धभक्त भएर कसैको समर्थन नगर्नुस्। जसले टिममा काममा गर्छ त्यो नै नेतृत्व हो। व्यक्ति विशेषलाई भगवान मान्ने काम नगर्नुहोस्।’

प्रकाशित: Dec 04, 2020| 10:14 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।