बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको गतिविधिले झन् जटिलता थपिन्छ : अष्टलक्ष्मी शाक्य

राष्ट्रपतिको गतिविधिले झन् जटिलता थपिन्छ : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको विवादमा राष्ट्रपतिको सक्रियताले झन् जटिलता निस्किने बताएकी छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको विवादमा राष्ट्रपतिको सक्रियताले झन् जटिलता निस्किने बताएकी छन्।

शाक्यले मुलकमा उत्पन्न कुनै संकटको बेला राष्ट्रपतिले सक्रियता लिनु स्वभाविक भए पनि अहिले नेकपाको आन्तरिक विवादमा सक्रियता देखाउँदै यसले राम्रो सन्देश नजाने स्पष्ट पारिन्।

नेकपा अध्यक्ष केपी शर्मा ओली इतरपक्षले काठमाडौंमा आयोजना गरेको विद्यार्थी भेलामा सहभागी हुन पुगेकी शाक्यले सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपतिले नेताहरुलाई बोलाएर यसो गर्नुस् र उसो गर्नुस् भन्न नमिल्ने बताइन्।

उनले अब प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली जसरी पनि सचिवालय बैठकमा सहभागी हुनुपर्नेमा जोड दिइन्।

दुवै अध्यक्षले लिखित प्रतिवेदन पेश गर्ने, पत्रमा आरोपप्रत्यारोप गर्ने तर छलफलमा सहभागी नहुने गर्न नपाइने उनले स्पष्ट पारिन्।

साथै शाक्यले अव सहमतिका आधारमा नभए सचिवालयमा बहुमतका आधारमा प्रतिवेदन पारित गरेर स्थायी कमिटी बैठक बोलाउनु पर्ने बताइन्।

उनले हिजो नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण गराएर एउटै पार्टी बनाएका ओली अहिले पनि ठूलो छाति बनाएर पार्टी एकता बचाउन लाग्नुपर्नेमा त्यसो नगरेको आरोप लगाइन्।
 

प्रकाशित: Dec 04, 2020| 09:50 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।