बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कार्यकर्ता हत्या प्रकरण : २ जना थुनामा, २ जना धरौटीमा रिहा

नेकपा कार्यकर्ता हत्या प्रकरण : २ जना थुनामा, २ जना धरौटीमा रिहा

नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या प्रकरणमा जिल्ला अदालतले दुई जनालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

पर्सा- नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या प्रकरणमा जिल्ला अदालतले दुई जनालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। दुई जना भने धरौटी बुझाएर रिहा भएका छन्।

पर्सा जिल्ला अदालतले हनिफ मियाँ र देवा सहनीलाई २/२ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। अशेसर प्रसाद चौरसिया र निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पर्सा जिल्ला अदालतले जनाएको छ। 

गत कार्तिक ६ गते नेकपा पर्साको विन्दबासिनी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका जिल्ला समिति सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

सोही हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई पक्षबाट १ बालकसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

घटनामा संविधानसभाका पूर्व सदस्य राजकुमार गुप्तासहित १३ जना विरुद्ध सरकारी वकिल कार्यालय मार्फत् किटानी जाहेरी दिइएको थियो तर सरकारी वकिलको कार्यालयले गुप्ता सहित ७ जनामाथि मुद्दा चलाएको छैन। 

थुनछेक बहासपछि जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पक्राउ परेकामध्ये एकजना नबालक रहेको भन्दै साधारण तारेखमा रिहा गरेको छ। 

प्रहरीको राय प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले संविधानसभा सदस्य राजकुमार गुप्ता सहित ७ जनाविरुद्ध मुद्दा चलाएको थिएन। बाँकी १६ जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेका छैनन्।

प्रकाशित: Dec 04, 2020| 09:25 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।