बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद कमिटीबाटै समाधान गर्नुपर्छ : रामकुमारी झाँक्री

नेकपा विवाद कमिटीबाटै समाधान गर्नुपर्छ : रामकुमारी झाँक्री

नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनका पक्षमा नरहेको बताएकी छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनका पक्षमा नरहेको बताएकी छन्।

पार्टी निकट अनेरास्ववियुका विद्यार्थी भेलामा शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘नेताहरूले हामीले उठाएका अजेन्डामा छलफल नै गर्नु भएन भन्ने छ। अहिलेको अवस्था पार्टी कुनै पनि हालतमा अघि बढ्दैन।’ 

उनले पार्टी विवाद स्थायी कमिटी र केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘कमिटी प्रणालीमा बहुमत नै सर्वोपरि हुन्छ। दुई अध्यक्ष हुनेछ्न् भन्दा कमिटी चाहिने तर अहिले कमिटीको निर्णय नमान्ने भन्ने हुँदैन।’ 

उनले आफूहरू रुपान्तरण सहितको एकताका पक्षमा रहेको बताइन्।  पार्टी एकता सफल बनाउन अनेरास्ववियुले माहोल बनाउनुपर्ने उनको भनाइ छ। 

उनले भनिन्, ‘यस्ता कार्यक्रमलाई देशभर अघि बढाएर लैजानुस्।’
 

प्रकाशित: Dec 04, 2020| 08:58 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।