विराटनगर– कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको स्वास्थ्यमा थप समस्या देखिएको छ।
समस्या बढेपछि ७२ वर्षीय प्यासीलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ।
गत साता कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका अधिकारीलाई काठमाडौं ल्याउन लागिएको स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिए। उनका अनुसार केहीबेरपछि हेलिकप्टरमा काठमाडौं ल्याइनेछ।
प्रदेश प्रमुखको अक्सिजनका मात्रा घटेको ढकालले बताए। मुटुको समस्या भएका अधिकारीको त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ।
प्रदेश प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका पनि काठमाडौ जानू हुने सचिवालयले जनाएको छ।
प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाबारे सामाजिक विकास मन्त्री जीवन घिमिरेले निवासमा पुगेर लिएका छन्।