बिहीबार, भदौ २५, २०८३

दाहाल–नेपाल निकट युवा विद्यार्थी भेला सुरु  

नेकपा सचिवालयका बहुमत पाँच जना शीर्ष नेताहरु निकटका विद्यार्थी भेला काठमाडौमा सुरु भएको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– नेकपा सचिवालयका बहुमत पाँच जना शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ निकटका विद्यार्थी भेला काठमाडौमा सुरु भएको छ। 

काठमाडौंको थापाथली क्याम्पसमा सुरु भएको  भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पूर्वविद्यार्थी नेताहरू लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

‘पार्टीमा पछिल्लो समय देखिएको परिस्थितिका बारेमा विद्यार्थी नेताहरुलाई जानकारी दिन भेला आयोजना गरिएको हो,’ अनेरास्ववियुका विद्यार्थी नेता माधव पन्तले भने, ‘पार्टी एकतालाई जोगाउन  युवा विद्यार्थी तहबाट खेल्नुपर्ने भूमिका केन्द्रित रहन्छ।’

पार्टीभित्र विवाद बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल समूहले ठाउँ–ठाउँमा भेला र छलफल कार्यक्रम गर्दै आइरहेका छन्।

प्रकाशित: Dec 04, 2020| 08:30 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।