बुधबार, भदौ ३१, २०८३

पहिलो बाछिटासंग्रह ‘त्रिरत्न’ सार्वजनिक

उपप्राध्यापक शेषनाथ पौडेलद्वारा सम्पादित उक्त संग्रहमा बाछिटाकार विष्णु भट्टराई ‘विभु’, केशव ‘बैरागी माइलो’ र अम्बिका धितालका एक हजार एक बाछिटा समेटिएका छन्। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– बाछिटा विधाको पहिलो संग्रह ‘त्रिरत्न बाछिटा सङ्ग्रह’ विमोचन गरिएको छ।

बाछिटा नेपाली साहित्यको लघुतम कविताका रूपमा प्रवर्तित विधा हो।  

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शेषनाथ पौडेलद्वारा सम्पादित उक्त संग्रहमा बाछिटाकार विष्णु भट्टराई ‘विभु’, केशव ‘बैरागी माइलो’ र अम्बिका धितालका एक हजार एक बाछिटा समेटिएका छन्। 

अक्षरधाम, बनेपामा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा समालोचक प्रा.डा. कुलप्रसाद कोइरालाले कृति सार्वजनिक गरेका हुन्। 

कोइरालाले नेपाली साहित्यमा लघुतम कविताका रूपमा उदाएको बाछिटा विधाबारे जानकारी पाएर आफ्नो रुचि जागेको बताउँदै बाछिटाकारहरूले शब्द र अर्थको समुच्चयबाट प्रकट हुने रस, भाव, अलंकार आदि तत्त्वहरूमा ध्यान दिनुपर्ने बताए। 

उनले प्राचीन पूर्वीय तथा पाश्चात्य काव्यपरम्पराको चर्चा गर्दै थोरै शब्दमा गहन भाव बोक्न सक्ने बाछिटा शब्दचयन तथा बिम्बले उत्कृष्ट बन्न सक्ने धारणा व्यक्त गरे। 

कार्यक्रमका अतिथि तथा ‘त्रिरत्न बाछिटा सङ्ग्रह’ का सम्पादक पौडेलले बाछिटाको विधागत अवधारणा प्रस्तुत गर्दै उक्त कृति सम्पादनका अनुभव सुनाएका थिए। 

कृतिका प्रमुख समीक्षकसमेत रहेका पौडेलले त्रिरत्न बाछिटा संग्रहमा संकलित बाछिटाका विशेषताबारे समालोचनात्मक टिप्पणी गरे। 

उनले उक्त कृतिमा प्रकृति, देश, समाज, संस्कृति, राजनीति, इतिहास आदि विषयवस्तुमा विभिन्न बिम्बमूलक तथा प्रतीकात्मक बाछिटा समाविष्ट रहेको बताए।

कार्यक्रमका सहभागीहरूले बाछिटाबारे राखेका विभिन्न जिज्ञासाको समाधानमूलक जानकारी पनि उनले दिएका थिए। 

अर्का अतिथि जीवनचन्द्र कोइरालाले ग्रन्थका लेखक तथा प्रकाशकलाई बधाई ज्ञापन गरे।  

अतिथिकै रूपमा मन्तव्य प्रस्तुत गर्दै अलंकार प्रतिष्ठानकी अध्यक्ष तथा राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालकी सदस्य भारती न्यौपानेले बाछिटाको सैद्धान्तिक चर्चाका साथ आफ्ना केही बाछिटावाचन पनि गरिन्। 

कृतिका सर्जकहरू विष्णु भट्टराई ‘विभु’ तथा अम्बिका धितालले बाछिटा संग्रहका रचनाबारे आत्मधारणा प्रस्तुत गर्दै केही बाछिटा वाचन गरेका थिए। 

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा भएको कार्यक्रममा  प्रकाशन संस्थाकी सदस्य पुण्यवती घले र शारदाप्रसाद शर्मा तथा निर्मला श्रेष्ठले प्रकाशन र बाछिटा विधाबारे आआफ्नो धारणा व्यक्त गरेका थिए। उक्त संग्रह शब्दयात्रा प्रकाशनले प्रकाशित गरेको हो।

सम्बन्धित सामग्री

प्रवर्तनको ६ महिनामै लोकप्रियताको शिखरतर्फ ‘बाछिटा’

प्रकाशित: Dec 04, 2020| 11:56 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।