बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलन स्थगित 

वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलन स्थगित 

विगत ४६ दिनदेखि विभिन्न माग राखी आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्दोलन स्थगित भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- विगत ४६ दिनदेखि विभिन्न माग राखी आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्दोलन स्थगित भएको छ।

आन्दोलन स्थगित भएपछि पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ भने अस्पतालका सेवाहरु पूर्ववत् अवस्थामा सञ्चालन भएका छन्। 

बिहीबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच वार्तापछि दुवै पक्षबीच ५ बुँदे सम्झौता भएपछि आन्दोलन स्थगित भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। 

गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ता पाउनुपर्ने लगयतका माग राख्दै अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए

बिहीबार राति सम्झौता पत्रमा केही सदस्यहरुले हस्ताक्षर गर्न नमानेपछि सम्झौता हुन नसके पनि बिहान सहमति भएको निर्देशक सेन्चुरीले बताए। सम्झौतापश्चात् अस्पतालका सबै सेवाहरु सहज रुपमा सञ्चालन भएको उनले बताए। 

६ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित उपलब्ध गराउँदै जाने, कोभिड भत्ता वितरणमा भएको त्रुटि सच्याउने, औषधि खरीद सम्वन्धी भत्ता एक साताभित्र उपलव्ध गराउने लगायतका विषयमा सहमति भएको छ। 

वार्तापछि तयार गरिएको सम्झौँता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. देवनारायण साहलगायतले हस्ताक्षर गरेका छन्। आन्दोलनकारीको तर्फबाट सहसंयोजक खुबराज आचार्य, सदस्यहरु टिकाराम पनेरु, शारदा अर्याल र इन्द्र अर्यालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Dec 04, 2020| 08:22 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।