बिहीबार, भदौ २५, २०८३

पोखरामा तरुण दलको बृहत् प्रदर्शन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले धरपकड गरेको विरोधमा तरुण दलले पोखरामा प्रदर्शन गरेको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले धरपकड गरेको विरोधमा तरुण दलले पोखरामा प्रदर्शन गरेको छ। 
तरुण दलले बिहीबार बृहत् र्‍यालीसहित महेन्द्रपुलमा विरोध प्रदर्शन गरेको हो। 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले कम्युनिस्टविरुद्ध आन्दोलन गर्नुपर्ने समय आएको बताए। 

राजतन्त्रविरुद्ध पनि पोखराबाटै आन्दोलन थालेको भन्दै उनले पार्टी नेतृत्वलाई विरोधका कार्यक्रम घोषणा गर्न आग्रह गरे। 

‘हामी सदाचार भएर मौन बस्दा पनि केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले दुई तिहाइको दम्भ देखायो। सरकारले कांग्रेसलाई जिस्कायो,’ उनले भने ।

संविधानसभा सदस्य वृन्दादेवी रानाले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि नियोजित रुपमा आक्रमण भएको बताइन्। 

कोरोनाका कारण देश भयावहमा पुगिरहँदा कम्युनिस्ट नेतृत्वको सरकार समस्या समाधानमा भन्दा आन्तरिक द्वन्द्व र कांग्रेसमाथि प्रहार गर्नमा अल्झिएको उनको टिप्पणी थियो। 

‘पौडेलमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण हो। यो असह्य छ,’ उनले भनिन्। 

वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको विरोधमा बुधबारदेखि नै देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ।
 

प्रकाशित: Dec 04, 2020| 06:58 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।