बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना खोपमा सबै मुलुक र जनताको सहज पहुँच हुनुपर्छ : प्रधानमन्त्री 

कोरोना खोपमा सबै मुलुक र जनताको सहज पहुँच हुनुपर्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोपमा सबै मुलुक र जनताको सहज पहुँच तथा उपलब्धता हुनुपर्ने बताएका छन्। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोपमा सबै मुलुक र जनताको सहज पहुँच तथा उपलब्धता हुनुपर्ने बताएका छन्। 

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका खोपहरू विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने बताएका हुन्। 

रेकर्डेड भिडियोमार्फत बिहीबार राती सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव समुदाय नै संकटमा परेको समयमा जीवन रक्षाका खोपहरू उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताएका छन्। 

प्रधानमन्त्री ओलीले विश्वका ठूला मुलुक र कम्पनीले खोप उत्पादनका लागि गरेका प्रयासको प्रशंसासमेत गरेका छन्। 

नेपाल सरकारले कोरोना महामारीबाट जनतालाई जोगाउन अहोरात्र खटिरहेको बताउँदै स्वास्थ्य सेवा सुधारमा पनि ध्यान दिइरहेको बताएका छन्। 

कोरोनाको परीक्षण, उपचार निःशुल्क गरिरहेको बताउँदै स्वास्थ्य पूर्वाधार निर्माणमा तीनै तहका सरकार लागिपरेको प्रधानमन्त्रीले बताएका छन्। उनले भनेका छन्, ‘६८ वटा प्रयोगशालामार्फत् कोरोना परीक्षणलाई देशव्यापी बनाइएको छ।’
 

प्रकाशित: Dec 04, 2020| 06:33 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।