बिहीबार, भदौ २५, २०८३

ओलीको दूतका रुपमा पोखरेलले गरे दाहालसँग छलफल

सत्तारुढ नेकपाभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला नेताहरुले अनौपचारिक छलफल तीव्र पारेका छन्। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– सत्तारुढ नेकपाभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला नेताहरुले अनौपचारिक छलफल तीव्र पारेका छन्। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिका लागि मनाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओली निकटका नेताहरुले भेटघाट तीव्र बनाएका हुन्। 

शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल दाहाल निवास खुमलटार पुगेर छलफल गरेका छन्। 

दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर पुगेका पोखरेलले करिब आधा घन्टा छलफल गरेका थिए।

यसअघि बिहीबार नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दाहालसँग छलफल गरेका थिए। 

नेम्वाङसँगको भेटमा दाहालले आफू सहमतिकै आधारमा छलफल गरेर अघि बढ्ने मनस्थितिमा रहेको बताएका थिए। 

शनिबार दिउँसो १ बजे नेकपाको सचिवालयको बैठक बस्दै छ। त्यसको पूर्व सन्ध्यामा नेताहरुबीच छलफल र भेटवार्ता बाक्लिएका छन्।

प्रकाशित: Dec 04, 2020| 05:59 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।