बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, मुख्य एजेन्डा तनहुँ घटना

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, मुख्य एजेन्डा तनहुँ घटना

तनहुँ घटनाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– तनहुँ घटनाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्। देउवा निवास बुढानिलकण्ठमा हुने बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी पनि सहभागी हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडलले जानकारी दिए। 

बैठकमा तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको विषयमा छलफल हुनेछ। पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिई तीन घण्टा राखेको थियो।

पौडेल शुक्रबार बिहान तनहुँबाट काठमाडौं आउने  र बैठकमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित: Dec 04, 2020| 05:22 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।