बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाका विद्यार्थी नेता पनि गुटगत छलफलमा, दाहाल-नेपाल पक्षकाे भेला थापाथलीमा 

नेकपाका विद्यार्थी नेता पनि गुटगत छलफलमा, दाहाल-नेपाल पक्षकाे भेला थापाथलीमा 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद विद्यार्थी संगठनहरुमा समेत देखिन थालेको छ । 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद विद्यार्थी संगठनहरुमा समेत देखिन थालेको छ । 

पार्टीभित्र देखिएको विवादका बारेमा हरेक तह र कमिटीमा आ–आफ्नो समूहका भेला र छलफल भइराखेका बेला आज (शुक्रबार) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी नेताहरुको अलग्गै भेलामा जुट्न लागेका हुन् । 

शुक्रबार नेकपा सचिवालयका बहुमत पाँच जना शीर्ष नेताहरु निकटका विद्यार्थीहरुले दिउँसो १ बजे काठमाडौंको थापाथली क्याम्पसमा भेलाको आयोजना गर्दैछन्। 

भेलालाई स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य हरि पराजुली, पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने, रामकुमारी झाक्री, ठाकुर गैरेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

‘पार्टीमा पछिल्लो समय देखिएको परिस्थितीका बारेमा विद्यार्थी नेताहरुलाई जानकारी दिन भेला आयोजना भइरहेको हो,’ अनेरास्ववीयुका विद्यार्थी नेता माधव पन्तले भने,‘पार्टी एकतालाई जोगाउनका लागि युवा विद्यार्थी तहबाट खेल्नुपर्ने भूमिकामा नै केन्द्रीत रहन्छ।’

पार्टीभित्र विवाद बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल समूहले ठाउँ–ठाउँमा भेला र छलफल कार्यक्रमहरु गर्दै आइरहेका छन्।

प्रकाशित: Dec 04, 2020| 05:08 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।