बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालबाट फरार सम्झना विकका हत्या आरोपित ७ घण्टापछि पक्राउ, तीन प्रहरी निलम्बित

अस्पतालबाट फरार सम्झना विकका हत्या आरोपित ७ घण्टापछि पक्राउ, तीन प्रहरी निलम्बित

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक राजेन्द्र बोहरा फरार भएकौ ७ घण्टामै पुनः पक्राउ परेका छन्। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

धनगढी- बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक राजेन्द्र बोहरा फरार भएकौ ७ घण्टामै पुनः पक्राउ परेका छन्। 

बाल सुधार गृहमा राखिएका १६ वर्षीय राजेन्द्र बोहोरा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा बस्दै आएका थिए । 

आइसोलेसनबाटै बिहीबार राति १२ बजे भागेका उनलाई शुक्रबार बिहान ७ बजे प्रहरीले पक्राउ गरेको हो । 

पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। 

बोहोरलाई सम्झना बिकको हत्या अभियोगमा कारागार चलान गरिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा गत असोजमा पक्राउ परेका बोहरालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा लगिएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएका उनी त्यहिबाट भागेका थिए । 

त्यस्तै, आइसोलेसनबाट हत्या आरोपी बोहोरा भागेसँगै उनको निगरानीका लागि खटिएका तीनजना प्रहरी निलम्बनमा परेका छन् । 

अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण बोहरा फरारको निष्कर्षसहित उनीहरुलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए ।

प्रकाशित: Dec 04, 2020| 04:17 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।