बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा नेपालको मतदान 

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा नेपालको मतदान 

 नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागूऔषधीको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ।

गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने विषयमा बहस भइरहेका बेला नेपालले राष्ट्रसंघको लागूऔषधसम्बन्धी एक सेसनमा नेपालले प्रतिबन्ध हटाउनुपर्ने पक्षमा मतदान गरेको हो। नेपालसँग तीन दर्जन बढी मुलुकले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने पक्षमा मतदान गरेका छन्। 

नेपालमा गाँजाको खेती र व्यापार गर्न छुट दिनुपर्ने मागसहित संसदमा विधेयक दर्ता भएको छ। २०७६ फागुन १९ गते नेकपाका सांसद् तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका थिए। 

सांसद तामाङले गाँजाखेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुन सकेमा नेपालको आर्थिक समृद्धिमा राम्रो टेवा पुग्ने तर्क गर्दै आएका छन्। गाँजा औषधीय गुण भएको वनस्पति हो। 

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने विषयमा पछिल्लो समय नेपालमा बहस हुँदै आएको छ। नेपालमा गाँजा सेवन र यसको कारोबार प्रतिबन्धित छ।

प्रकाशित: Dec 04, 2020| 03:50 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।