धनगढी- बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक कारगारवाटै फरार भएका छन् ।
बाल सुधार गृहमा राखिएका १६ वर्षीय राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बोहोरलाई सम्झना बिकको हत्या अभियोगमा कारागार चलान गरिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा गत असोजमा पक्राउ परेका बोहरालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा लगिएको थियो । बाल सुधार गृहमा रहेका बेला कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा त्यहीवाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
फरार भएका बोहराको खोजी कार्य तिब्र पारिएको उनले बताए ।