बिहीबार, भदौ २५, २०८३

घरसँगै जल्यो साह परिवारको सपना 

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी- छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । 

क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु १ लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन् ।

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना र छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो । मण्डलका अनुसार आनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना र चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा थिए । 

अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा परेको मण्डलले बताए । पीडित साह भन्छन्- “आगलागीमा न त टाउको लुकाउने छानो रह्यो न त एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता छ ।”

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्ने भन्ने चिन्ता थपिएको छ साहलाई । आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । घर र गोठमा आगो लागेर खरानी भएको छ ।

आगो लागेपछि स्थानीय र प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उहाँको घर भने खरानी भएको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए । –रासस
 

प्रकाशित: Dec 04, 2020| 01:54 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।