बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेव गाैतमले भने- पार्टी एकता जोगाउन ओली सच्चिनुपर्छ

वामदेव गाैतमले भने- पार्टी एकता जोगाउन ओली सच्चिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन्। 

बिहीबार आफ्नो निवासमा भेट्न आएका अनेरास्ववियूका विद्यार्थी नेताहरूसँगको कुराकानीमा गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको बताएका हुन्। 

सचिवालयको बैठकमा दुवै अध्यक्षका तर्फबाट पेस भएका प्रस्तावहरू छलफलका माध्यमबाट नै टुंगो लगाइने गौतमले बताएको उनी निकट अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले जानकारी दिए।

‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ। त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै पन्तले भने,‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस्। म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु।’

छलफलमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए। ‘पार्टी कमिटीका बैठकमा नै नआउने, विधि, पद्धति मान्दिनँ भनेर उहाँ हिँडिरहनुभएको छ,’ गौतमले विद्यार्थी नेताहरूसँग भने।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी नेताहरू उपाध्यक्ष गौतमलाई भेट्न पुगेका थिए।

तामाङसहित नेताहरू दीपेश पुन, तिलकराज भण्डारी, पंचा सिंह, विजय गौतम, माधव पन्त, सुदेश पराजुली, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, कमल ढुंगाना, ओसिम आलमलगायत २५ भन्दा बढी विद्यार्थी नेताहरू छलफलका लागि पुगेका थिए।

छलफलमा नेकपाका केन्द्रीय सदस्य बलराम बासकोटा, हरि पराजुली र युवा नेता परमेश पोखरेल पनि सहभागी थिए।

प्रकाशित: Dec 03, 2020| 16:17 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।