बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा अध्यक्ष दाहालले भने- पार्टीभित्रको विवाद छलफल गरेरै समाधान गर्नुपर्छ भन्ने पक्षमा छु

नेकपा अध्यक्ष दाहालले भने- पार्टीभित्रको विवाद छलफल गरेरै समाधान गर्नुपर्छ भन्ने पक्षमा छु

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीभित्र देखिएको समस्या छलफल गरेरै समाधान गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीभित्र देखिएको समस्या छलफल गरेरै समाधान गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

बेलुकी ५ बजे खुमलटारमा नेकपा संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

‘उहाँले भेट्न बोलाउनु भएको थियो ५ बजे म गएको थिएँ। लामो कुरा भएन,’ नेम्वाङले भने,‘आजै बेलुकी उहाँले राष्ट्रपतिज्यूसँग समय लिनु भएको रहेछ। सायद भोलि पुनः छलफल गर्छु होला।’

कार्यकारी अध्यक्ष दाहालले २-३ घन्टा बसेर छलफल गर्नु छ भनेकाले आफूले छलफल गर्ने नेम्वाङले बताए। 

छोटो कुराकानीका क्रममा अध्यक्ष दाहालले अहिलेको समस्यालाई छलफलकै माध्यमबाट समाधान गर्नुपर्ने बताएको नेम्वाङले जानकारी दिएका छन्। 

‘टुटफुट हुनु राम्रो होइन यसलाई समाधान गर्न सकिन्छ भन्ने मलाई पनि लागेको छ,’ दाहालको भनाई उद्धृत गर्दै नेम्वाङले भने।

नेम्वाङसँगको छलफल अघि दाहालले खुमलटारमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलसँग पनि छलफल गरेका थिए।

प्रकाशित: Dec 03, 2020| 15:42 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।