बिहीबार, भदौ २५, २०८३

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार अदालतमा

सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। 

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनालले आज दायर गरेको रिट निवेदनमा उक्त प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रममा केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख छ।

जलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ।

विभागको बोलपत्र आह्वानसम्बन्धी सो सूचनाले नेपालको संविधानको संवैधानिक व्यवस्था, सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश सरकारको अधिकारलाई सङ्कुचित गरेकाले रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग निवेदनमा गरिएको छ।

उक्त निवेदनको यही मङ्सिर २६ गते संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको छ। रासस 

प्रकाशित: Dec 03, 2020| 15:00 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।