काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिलाई एकजुट हुन आग्रह गरेका छन्।
राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिदु राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति अध्यक्ष केसीले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रममा विश्वास नगर्न आग्रह गरेका हुन्।
उनले यस परिस्थितिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा उभिने शक्ति सचेत र संगठित भई प्रतिगामी शक्तिको गतिविधिलाई नियन्त्रण गर्न माग गरेका छन्।