काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
उनी केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
दाहाल शीतल निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले २ घन्टा राष्ट्रपतिसँग भेट गरेका थिए।
पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला दाहाल शीतल निवास पुगेका हुन्।