बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन आईजीपीको निर्देशन 

सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन आईजीपीको निर्देशन 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक हित र सरोकारका विषयमा संवेदनशील हुन बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

प्रदेश प्रहरी कार्यालय हेटौडांमा निरीक्षण तथा सम्बोधन गर्दै क्षेत्रीले  प्रहरी कर्मचारीहरुलाई पूर्ण व्यावसायिक र इमान्दार चरित्र निर्वाह गर्न निर्देशन दिए।

‘प्रहरी कर्मचारीले आ–आफ्नो जिम्मेवारी पालना गर्ने क्रममा व्यक्तिगत हित र स्वास्र्थलाई प्राथमिकतामा नराखी सामाजिक हित र सरोकारका विषयमा संवेदनशिल हुनु आवश्यक छ,’ उनले भने। बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीको आचरण व्यवहार सुदृढीकरणका साथै अनुगमन तथा मूल्यांकन प्रणालीको सुधारको लागि गरेका कार्यहरुको प्रशंसा गरे।

उनले प्रहरी प्रधान कार्यालयले मातहत सबै प्रहरी कार्यालय र कर्मचारीको नियमित अनुगमन गरिरहेको हुँदा प्रहरी सेवा प्रवाह उत्कृष्ट र समयानुकूल हुँदै गएको बताए।

प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको निर्देशन सम्बोधन कार्यक्रममा १० वटा जिल्ला प्रहरी कार्यालयका प्रमुख र अपराध अनुसन्धान शाखा प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गणका प्रमुख तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत अधिकृत तथा जवानहरु सहभागी थिए।

सो कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बागमती प्रदेश प्रहरी कार्यालयले सम्पादन गरेका महात्वपूर्ण कार्यहरु, योजना तथा भावी रणनीति लगायतका बिषयलाई समेटेर तयार पारिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।  

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी गण हेटौंडाको निरीक्षण गरेका थिए। उनले मकवानपुर जिल्ला अन्तर्गत रहेका बिभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको पनि अवलोकन गरेका थिए।
 

प्रकाशित: Dec 03, 2020| 12:02 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।