बिहीबार, भदौ २५, २०८३

प्रदेश १ मा २८७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ। प्रदेश १ मा विहीबार १० जना डिस्चार्ज भएका छन्।  

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ। 


 

प्रकाशित: Dec 03, 2020| 11:18 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।