बुधबार, भदौ ३१, २०८३

ग्लोबल आइएमई बैंकको २३२औं शाखारहित सेवा इलाममा 

ग्लोबल आइएमई बैंकले इलामको माईजोगमाई गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंकले इलामको माईजोगमाई गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। 

योसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २३२ पुगेको छ। शाखारहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्नेलगायत सुविधा पाउने छन्। 

त्यस्तै महसुल भुक्तानी, मोबाइल रिचार्जलगायतका सेवा पनि पाउन सकिने बैंकले जनाएको छ। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत भएको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैकले जनाएको छ।

ग्लोबल आइएमई बैंकका ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यलय छन्। 
 

प्रकाशित: Dec 03, 2020| 10:54 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्