बिहीबार, भदौ २५, २०८३

पर्सामा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

पर्सामा आँखा निकालिएको अवस्थामा पुरुषको शव फेला परेको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

पर्सा– पर्सामा आँखा निकालिएको अवस्थामा पुरुषको शव फेला परेको छ।

धोबिन गाउँपालिका–१ स्थित नहरको किनारमा कालिकामाई गाउँपालिका तिनडोबिया टोलका २६ वर्षीय मामुल राउत गद्दी भनिने नामुल हुसेनको शव भेटिएको हो। उनी तीन दिनदेखि बेपत्ता थिए। प्रहरीका अनुसार शवको आँखा निकालिएको छ।

साथी बलिराम पटेलको विवाहमा जान भनी निस्किएका उनी सम्पर्कमा आएका थिएनन्। स्थानीयले खेतमा जाँदा नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

धोबिनी गाउँपालिका १ भिखमपुरस्थित जन्ती जान उनी दुईजना साथीसँग घरबाट निस्किएका थिए। मामुल भने जन्ती स्थलमा नपुगी सोही दिनदेखि बेपत्ता थिए।

प्रहरीका अनुसार गद्दीको दाहिने आँखा निकालिएकाले हत्या भएको हुन सक्ने आधारमा छानविन भइरहेको छ। गद्दीसँगै जन्ती जान हिँडेका दुई जना फरार छन्।

प्रकाशित: Dec 03, 2020| 10:50 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।