बुधबार, भदौ ३१, २०८३

लगातार उकालो लागेको सेयर बजार १५.५७ अंकले घट्यो

सेयर बजार परिसूचक (नेप्से) बिहीबार १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा अडिएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– लगातार उकालो लागेको सेयर बजार साताको अन्तिम दिन भने ब्रेक लागेको छ। सेयर बजार परिसूचक (नेप्से) बिहीबार १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा अडिएको छ। घटेको बजार करेक्सन मात्र भएको बजार विश्लेषकहरुको भनाइ छ। 

कारोबार सुरु भएसँगै बजार उकालो लागेर २११६.६८ अंक छोएर घट्न थालेको थियो। बिहीबार दिनभर २०० वटा कम्पनीको आठ अर्ब दुई करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

जलविद्युत् र लघुवित्त समूहबाहेक सम्पूर्ण परिसूचक ओरालो लागेको छ। सबैभन्दा बढी ओरालो लागेको व्यापार समूह हो। सो समुह ६.९४ प्रतिशतले ओरालो लागेको छ।

नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी एक अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एउटै कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको यो पहिलो रेकर्ड हो। यस साता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा पुनर्बिमा कम्पनी छ। 

बिहीबार नेपाल टेलिकमको ४२ करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड र नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

सबैभन्दा बढी कमाउनेमा एभरेस्ट इन्स्योरेन्सको प्रमोटर सेयर रहेको छ।  कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन्। 
नौ प्रतिशतभन्दा बढी कमाउने कम्पनीमा अपर तामाकोसी, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। सबैभन्दा बढी गुमाउने कम्पनीमा विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी छन्।

सम्बन्धित समाचार

सेयर बजार अस्वाभाविक रूपमा उकालो लाग्दा लगानीकर्ता जोखिममा

प्रकाशित: Dec 03, 2020| 09:58 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्