बुधबार, भदौ ३१, २०८३

एनएमबि बैंकलाई तेस्रोपटक बैंक अफ दि इयरको उपाधि

एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा दि बैंकर्स बैंक अफ दि इयर २०२० बाट सम्मानित गरिएको छ ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा दि बैंकर्स बैंक अफ दि इयर २०२० बाट सम्मानित गरिएको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रो पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको जनाएको छ ।

एनएमबि बैंक ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको नेपालमा एक मात्रै क वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दिगो मूल्यमान्यतामा आधारित बैंकिङ सेवाको प्रवर्धनमा लागिपरेको छ।
    

प्रकाशित: Dec 03, 2020| 07:03 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्