शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशले कोरोना भाइरसको तीन करोड डोज निःशुल्क बाँड्ने 

बंगलादेशले कोरोना भाइरसको तीन करोड डोज निःशुल्क बाँड्ने 

बंगलादेश सरकारले कोरोना भाइरसविरुद्धको तीन करोड डोज भ्याक्सिन निःशुल्क वितरण गर्ने भएको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

नयाँदिल्ली– बंगलादेश सरकारले कोरोना भाइरसविरुद्धको तीन करोड डोज भ्याक्सिन निःशुल्क वितरण गर्ने भएको छ। 

National life

बंगलादेश सरकारले अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोनाविरुद्धको तीन करोड डोज निःशुल्क वितरण गर्ने घोषणा गरेको हो।

अक्सफोर्डले बनाएको खोपले जनवरीसम्म प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ।

बंगलादेशका मन्त्रिपरिषद्का सचिव खान्डकर अनवरुल इस्लामले प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले भ्याक्सिन विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार वितरण गर्ने निर्णय भएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भ्याक्सिन खरिदका लागि बंगलादेशले सात सय करोड खर्च गर्ने घोषणा गरेको छ। अनवरुल इस्लामले भनेका छन्, ‘हामी जनतालाई भाइरसबाट मुक्ति दिलाउन चाहन्छौं।’ 

Laxmi sunrise bank
kumari

चार नोभेम्बरमै बंगलादेशले भारतको सिरम इन्स्टिच्युटबाट तीन करोड डोज अक्सफोर्डको भ्याक्सिन किन्न सम्झौता गरिसकेको छ। यो भ्याक्सिन एक व्यक्तिलाई दुई सट्स दिइनेछ। भ्याक्सिन आयात गर्ने प्रक्रिया जनवरीबाट सुरु हुने अपेक्षा छ। बंगलादेशलाई गावी भ्याक्सिन एलाइन्सले समेत कोरोना भाइरसको ६ करोड ८० लाख डोज भ्याक्सिन दिनेछ।

बंगलादेशको जनसंख्या १६ करोड १४ लाख रहेको छ। पहिलो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई भ्याक्सिन वितरण गर्ने जनाइएको छ।

प्रकाशित: Dec 02, 2020| 11:42 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।