शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापान बस्ने सबैले काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क पाउने

जापान बस्ने सबैले काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क पाउने

 जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

जापान- जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।

National life

दैनिकरूपमा कोरोना भाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो।  

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ।

जापान सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ।  

त्यसैगरी १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन्। 

Laxmi sunrise bank
kumari

फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन्। चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ।

जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो।

तुलनात्मकरूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ। जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन्।

त्यसैगरी जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागू गरेको देखिएको छैन। तर, पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो। सङ्क्रमितहरू भने भेटिइरहेका छन्। रासस

प्रकाशित: Dec 02, 2020| 09:10 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।