बिहीबार, असोज २२, २०८३

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य 

बुधबार सुनको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९१ हजार कायम भएको हो। मंगलबार ९० हजार ५०० मा कारोबार भएको थियो। 

यसअघि १६ दिनपछि मंगलबार सुनको मूल्य पाँच सयले बढेको थियो। त्योअघि आधा महिनासम्म नेपाली बजारमा सुनको भाउ ओरालो गतिमा थियो। 

आज तेजाबी सुनको मूल्य पनि पाँच सय रुपैयाँले बढेको छ। मंगलबार ९० हजार ५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार ५५० तोकिएको छ। 

चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार १८५ पुगेको छ।   
 

प्रकाशित: Dec 02, 2020| 05:59 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्