शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वमाओवादी नेताहरूको मुद्दाको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

पूर्वमाओवादी नेताहरूको मुद्दाको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ । 

यसअघि एकपटक तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो। अर्को पेसी निवेदककै तर्फबाट स्थगित भएको थियो।  

पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिई सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।

प्रकाशित: Aug 02, 2021| 11:47 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...