काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २०००.४० अंकमा पुगेर रोकिएको छ।
३.३५ अंकले बढेको बजारमा ७ अर्ब ४० करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १९७ कम्पनीको १ करोड ८५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
२००९ विन्दुबाट सुरु भएको बजार ३५ मिनेटपछि २०२२ मा पुगेको थियो। त्यसपछि थोरै ओरालो लाग्दै २००० अंगमा पुगेर रोकिएको हो। सोमबार २०२८ अंकसम्म पुगेको थियो।
मंगलबार सेन्सिेटिभ इन्डेक्स १.७७ अंकले घटेर ३८३.७९ अंकमा पुगेको छ। आज अधिकांश सूचक ओरालो लागेका छन्। बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४ अंकले ओरोलो लागेको छ।
त्यस्तै फाइनान्स ७.४३, निर्जिवन बिमा ३४ र म्युचुअल फण्डको समूह ०.१८ अंकले घटेको छ।
जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, माइक्रोफाइनान्स १.४३ र बिमा समूह २१६.८३ अंकले बढेको छ।
आज नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले बढी गुमाएका छन्।