काठमाडौं– सिभिल बैंक १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाा नारा म एक जिम्मेवार सिभिलियन सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ।
कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुले प्रतिवद्धता जनाएको बैंकले जनाएको छ । बैंकले हाम्रो टिम नेपालसँग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुँडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजन गरेको छ ।
त्यसैगरी बैंकले मातातिर्थस्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धवृद्धाका लागि ३ महिनालाई पुग्ने चामल सो वृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।
दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबिनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छाराज तामाङले ती उपलब्धि हासिल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।