काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डार्ई) ले हाल कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन आफ्ना ग्राहकका लागि एक नौलो बिक्री माध्यमको विकास गरेको छ ।
यस माध्यममार्फत ग्राहकहरुले सम्पर्कविहिन वा सीमित सम्पर्कमा सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्नेछन् ।
लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टु बाइ सेवाको सुरुवात गरेको छ ।
ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।
ग्राहकले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै क्लिक टु बाइ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।
यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् ।
क्लिक टु बाइ प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा ग्राकहले रु। १०००० को सर्भिस भौचर प्रदान पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्, लुब्रिकेन्टसटसको खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितिबाट १ वर्षसम्म रहनेछ।