श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको जेलमा कैदी र जेल अधिकारीहरुबीच झडप भएको छ। झडपमा ८ जना कैदीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
केही कैदी जेलको गेट तोडेर भाग्न खोजेपछि जेल प्रशासनले रोक्न खोज्दा झडप भएको हो। प्रहरीले बल प्रयोग गर्दा ८ जनाको मृत्यु भएको बताइएको छ।
कोरोना संक्रमण बढिरहँदा श्रीलंकाका जेलमा कोचाकोच कैदी राखिएको भन्दै विरोध भइरहेको छ। थुप्रै जेलमा कैदीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। यसै क्रममा कोलम्बोको जेलमा पनि कैदीहरु विरोधमा उत्रेका थिए।
स्थिति नियन्त्रणमा जाने देखेपछि प्रहरीले बल प्रयोग गर्दा हताहती भएको हो। दोहोरो झडपका क्रममा केही जेल अधिकारी पनि घाइते भएको बताइएको छ।
कैदीहरुले जेलको भान्सा र रेकर्ड रुममा आगजनी पनि गरिदिएका छन्। १७५ जना कैदी रहेको उक्त जेलमा १९ जनामा कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई अर्को जेलमा सार्न माग गर्दै आएका थिए।
–नवभारत टाइम्स