सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाकाे संयुक्त राष्ट्रसंघद्वारा प्रशंसा

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाकाे संयुक्त राष्ट्रसंघद्वारा प्रशंसा

शान्ति स्थापनार्थ दक्षिण सुडानको क्युबेट इलाकामा तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं। शान्ति स्थापनार्थ दक्षिण सुडानको क्युबेट इलाकामा तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय वासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्। 

National life

त्यहाँ तैनाथ कालीध्वज गणअन्तर्गतको क्याम्पबाट १० मंसिरमा खटिएको टोलीले सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको नेपाली सेनाले जनाएको छ। 

गणको हेडर्क्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट ७० किलोमिटर उत्तर पश्चिममा रहेको उक्त इलाका नजिक एक क्याम्पमा चोरी गर्न आएको भनिएको कोगोरो जातिका एक व्यक्तिको झडपका क्रममा मृत्यु भएको थियो। 

उक्त घटनापछि कोगोरो र आइएल जातिका मानिसहरूबीच हिंसाको रूप लिएको थियो। हिंसा भड्किन सक्ने खबरपछि सह-सेनानी विज्ञान विष्टको कमाण्डमा उक्त इलाकामा परिचालन भएको टोलीले दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो। 

उक्त इलाकाको सुरक्षा स्थिति सामान्य भएपछि यूएन मिसनका अन्य निकायहरूबाट त्यहाँ विभिन्न जातीय समुदायहरूबीच शान्ति कायम गराउने काम सुरु भएको थियो। 

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको मुलुकमा हिंसा हुनबाट जोगाउन शान्ति सैनिकहरूले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघले उच्च प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Nov 30, 2020| 09:49 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।