सोमबार, वैशाख २८, २०८३

श्रीलंकामा जेलमा दंगा हुँदा आठको मृत्यु

श्रीलंकाको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

कोलम्बो – श्रीलंकाको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ। 

National life

दंगामा मारिएका सबै कैदी हुन्। 

दंगामा परी अन्य ४५ जना घाइते भएका छन्। घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि छन् । 

कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए। 
राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन्। 

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ। 
श्रीलंकाको जेलहरूमा अहिलेसम्म करिब एक हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कारागारमा रहेका बन्दीहरुले सुरु गरेको दंगा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताएका छन्। 
घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताए। 
कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोको टोली झिकाइएको पनि रोहनाले बताए।  श्रीलंकामा २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट  ११६ जनाको मृत्यु भइसकेको छ। -सिन्हवा

प्रकाशित: Nov 30, 2020| 08:05 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।