बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शिलान्यासको चार वर्षसम्म पुल अलपत्र, स्थानीयको ताकेतापछि निर्माण सुरु

शिलान्यासको चार वर्षसम्म पुल अलपत्र, स्थानीयको ताकेतापछि निर्माण सुरु

पुल निर्माण हुने भएपछि काठको पुल हटाइयो। सामान्य आवतजावत गर्न मिल्ने काठको पुल हटाएर पक्की पुलको तयारी गरियो। काठको पुल हट्यो तर, पक्की पुल बनेन।
 |  आइतबार, मंसिर १४, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, मंसिर १४, २०७७

विराटनगर– विराटनगर–१ बेलगाछीस्थित सिंघिया खोलाको पुल सम्झौताअनुसार अहिले सञ्चालनमा आइसक्नुपर्ने हो।

National life

२०७३ असोजमा तत्कालिन मन्त्री महेश आचार्यले शिलान्यास गरेको पुल डिभिजन सडक कार्यालय विराटनगरले पप्पु कन्स्ट्रक्सन र कार्की बन्धु जेभिलाई ०७५ असोज ३० भित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा दियो। 

पुल निर्माण हुने भएपछि काठको पुल हटाइयो। सामान्य आवतजावत गर्न मिल्ने काठको पुल हटाएर पक्की पुलको तयारी गरियो। काठको पुल हट्यो तर, पक्की पुल बनेन। पक्की पुल नबनेपछि स्थानीयबासीलाई हिउँदको समयमा वारपार गर्न सहज भए पनि वर्षायाममा भने सकस हुँदै आएको छ। वर्षायाममा बेलगाछीका बासीन्दालाई घुमेर विराटनगर १९ बैजनाथपुरको धनपुरा पुग्न झण्डै २ घण्टा लाग्ने गरेको छ। 

पुल हुँदा ५ मिनेटमा पुगिने ठाउँका लागि घण्टौं लागेपछि स्थानीयबासीले पटक पटक पुल निर्माणका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गरे। जिल्ला प्रशासन कार्यालय धेरै पटक पुगे। उनीहरुका कुरा कसैले सुनेन।

स्थानीय देवी आचार्यले पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय धेरै पटक पुगेको बताए। आफ्ना कुराहरुको सुनुवाई हुन छाडेपछि प्रशासन कार्यालय र सडक डिभिजन जान छाडेको उनले सुनाए। कार्यालय धाउन छाडेर आफ्नो क्षेत्रका सांसद र नेताहरुलाई गाउँमै बोलाएर ध्यानाकर्षण गराउनेतर्फ स्थानीय लागेपछि पुल निर्माण सुरु भएको आचार्यले बताए। 

Laxmi sunrise bank
kumari

आचार्यले भने, ‘आफ्नो क्षेत्रका सांसद तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्थलगत रुपमा बोलाएर ध्यानाकर्षण गरेपछि निर्माण सुरु भएको हो।’

सामाजिक विकास मन्त्री घिमिरेले निर्माणस्थलबाटै सम्वन्धित निकाय र डिभिजन सडक कार्यालयका इन्जिनियरलाई पुल निर्माण हुन नसक्नुको कारणबारे जवाफ माग गरे। मन्त्री घिमिरेले सडक डिभिजनका इन्जिनियर नितेश झालाई मन्त्रालयमै बोलाएर निर्माण रोकिनुको कारण र पुल निर्माण कार्य छिटो सुरु गर्न निर्देशन दिए। मन्त्रीले पुल निर्माणमा चासो लिएपछि निर्माण कार्य सुरु भएको छ। 

पुल निर्माण सुरु भएपछि स्थानीयबासीमा आशाको सञ्चार पलाएको छ। छिटै निर्माण सकिए वारपार गर्न सहज हुने लोकबहादुर विकले बताए। पुल निर्माण नहुँदा महानगरपालिका भित्रको सडक भएर पनि आफ्नो टोलको सडक पिच हुन नसकेको उनले बताए। उनले भने, ‘सुरुमा पनि पिलर मात्र उठाएर छाडे, अव त्यस्तो नहोस्। अहिलेको कामको रफ्तार हेर्दा पुल चाँडै सम्पन्न हुने देखिन्छ।’ 

पुल निर्माण सम्पन्न नहुँदासम्म निरन्तर खवरदारी गरिरहने स्थानीय नरेश न्यौपानेले बताए। घर नजिकको पुल समयमा नसकिदाँ धेरै दुःख पाइएको उनले बताए। न्यौपानेले भने, ‘हामी निरन्तर खवरदारी गरिरहने छौं।’

डिभिजन सडक कार्यालय विराटनगरका इन्जिनियर नितेश झाले एक वर्षभित्रमा काम सम्पन्न हुने दावी गरे। निर्माण कार्यले गति लिएकाले चाँडै सकिनेमा उनी आशावादी छन्। स्थानीयबासीका कारण निर्माण सुरु भएर रोकिएको उनले बताए। डिजाइन अनुसार पुल सडक भन्दा धेरै अग्लो हुने भन्दै अवरोध भएपछि काम रोकिएको उनको भनाइ छ। झाले भने,‘नयाँ डिजाईन गर्नुपर्दा ढिला भयो।’ 
 
डिभिजन सडक कार्यालय विराटनगरले ४ बर्षअघि पप्पु कन्स्ट्रक्सन र कार्की बन्धु जेभिलाई ६४.१० मिटर पुल निर्माणका लागि ५७ करोड ९७ लाख ५ हजार ६६१ मा ठेक्का दिएको थियो। पुरानै सम्झौता अनुसारको रकम मात्र कार्यालयले ब्यहोर्ने इन्जिनियर झाले बताए। 
 

प्रकाशित: Nov 29, 2020| 07:19 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।