सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी

कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी

चिनियाँ वैज्ञानिकको एक समूहले कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको दाबी गरेको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

एजेन्सी- चिनियाँ वैज्ञानिकको एक समूहले कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको दाबी गरेको छ।

National life

भारतीय अखबार नवभारत टाइम्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको समाचारअनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकको एक समूहले कोरोना भाइरस सम्भवत सन् २०१९ को गर्मी याममा भारतमा पैदा भएको ठहर गरेको छ।

नवभारत टाइम्सले भने यो समाचार बेलायती अखबार डेलीमेलबाट साभार गरेको हो।

चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट फोहोर पानीको माध्यम हुँदै मानिसमा गएको दाबी गरेका छन्। यसपछि भारतबाट चीनको वुहानमा फैलिएको र त्यहाँ यो भाइरस पत्ता लागेको उनीहरुको जिकिर छ।

चिनियाँ वैज्ञानिकहरुले भारतको ‘कमजोर स्वास्थ्य अवस्था र ठूलो युवा आवादीका कारण केही महिनासम्म भारतमा यसबारे कुनै जानकारी प्राप्त हुन नसकी संक्रमण फैलिएको’ बताएका छन्।

तर अन्य देशका वैज्ञानिकहरुले भने यस्तो चिनियाँ दाबीलाई खारेज गरिदिएका छन्। बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डा. डेभिड रोबर्ट्सनले चिनियाँ वैज्ञानिकको यो शोध त्रुटिपूर्ण रहेको बताएका छन्।

हाल विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसको स्रोत पत्ता लगाउने प्रयास गरिहेको छ।
 

प्रकाशित: Nov 28, 2020| 08:23 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।