सोमबार, भदौ २९, २०८३

मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार

यस वर्षको नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

जनकपुरधाम- यस वर्षको नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ।

सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्ने सो पुरस्कारको राशि रु. दुई लाख रहेको छ। 

परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा पुर्याएको योगदान क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो। कोषद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।

त्यस्तै सो पुरस्कारअन्तर्गत रू एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वुषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ।

उनलाई  बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो।

धनुषा जिल्लाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो पुरस्कारको राशि जनही रू.एक लाख रहेको छ।

त्यस्तै सप्तरी जिल्लाका सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

सो पुरस्कारको राशि जनही रू ५० हजार रहेको छ। सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र नै हुनेछ। रासस
 

प्रकाशित: Nov 28, 2020| 08:05 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।