शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सुडानका पूर्व प्रधानमन्त्री मेहदीको कोरोना संक्रमणका कारण निधन 

सुडानका पूर्व प्रधानमन्त्री मेहदीको कोरोना संक्रमणका कारण निधन 

सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ। उनी ८४ वर्षका थिए। 

National life

उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको उनको दलले पुष्टि गरेको छ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री हुन्। उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए।  

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेतालाई तीन हप्ता पहिले सुडानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ।’ 

Laxmi sunrise bank
kumari

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि संघर्ष गरेका थिए।  

सुडानमा अहिलेसम्म कूल १७ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ भने एक हजार २०० व्यक्तिको मृत्यु भएको छ।

प्रकाशित: Nov 27, 2020| 06:13 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।